२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

बेलौरीमा १६ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको सुरु, प्रदेश सभा सदस्य बिष्टद्वारा उद्घाटन


  • २०८२ पौष १, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ४८१ पाठक संख्या
  • माधब पौडेल,०१ पौष।”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने मुल नारा सहित बेलौरी नगर खेलकुद समितिको आयोजनामा १६ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको मंगलबार सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले उद्घाटन गर्नुभएको छ।बेलौरीको खुलामञ्चमा आयोजित कार्यक्रमको सभापति बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भूल,अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, बेलौरी नगरपालिका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट, महाकाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह बोहरा, नेपाली कांग्रेसका बेलौरी नगर सभापति पेपुराम चौधरी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने बताउँदै आफु स्वयं यसै क्षेत्रको नागरिक भएको हैसियतले खेलाडी भाइ बैनिहरूको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै नगर प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भुलले बेलौरी नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन बताउँदै यस वर्ष पनि प्रतियोगिताबाट छनौट भएका खेलाडी विद्यार्थीहरुले जिल्ला, प्रदेश र राष्ट्रीयस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो।मार्च पासमा पशुपति शिक्षा मन्दिर रतनपुर प्रथम, एजी बोर्डिङ स्कुल सडकघाट द्वितीय र जन नमुना माध्यमिक रामनगरले तृतीय स्थान प्राप्त गरेका छन्।बेलौरी नगर खेलकुद समितिको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्राले सहभागिता जनाउने आयोजकले जनाएको छ।प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, कराँते,तेक्वान्दो र एथलेटिक्स विधाका खेलहरू समावेश गरिने नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।पौष १ गतेदेखि ४ गतेसम्म आयोजना गरिने उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा संस्थागत गरी माध्यमिक तहका २५ बिद्यालय सहभागी रहेका छन।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट