२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

पुनर्वासको मदनआश्रीत आधारभूत बिद्यालयका महिला अभिभावक जुटे च्याउ खेती उत्पादनमा 


  • बेलौरी अनलाईन
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ४९२ पाठक संख्या
  • धनबहादुर बिक,०६ मंसिर।पुनर्वासको एक स्थानीय आधारभूत तहको बिद्यालय हाताभित्र महिला अभिभावकहरू सामुहिक च्याउ खेतिमा सक्रिय भएका छन।पुनर्वास नगरपालिका ५ स्थित स्थानीय मदनआश्रीत आधारभूत बिद्यालयमा च्याउ खेति गर्न लागिएको हो । सो बिद्यालयमा अध्यनरत आधारभूत तहका बालबालिकाका अभिभावक महिलाहरूले बिद्यालयमै सामुहिक च्याउ खेति गर्न लागेका हुन च्याउ खेतिका लागि बिद्यालयले कच्चापदार्थ तयारी देखि च्याउ उत्पादनका लागि एक कोठा समेत उपलब्ध गराएको छ ।

    च्याउ खेतिका लागि गैरसरकारी संस्था विल्डन नेपालले तालिम संगै बीउ तथा आवस्यक सामग्री उपलब्ध गराएपछि महिला अभिभावकलाई च्याउ खेति गर्न सहज हुन गएको बिद्यालयका सहायक प्रधाध्यापक भक्त बहादुर रोकायले बताउनुभयो।बिद्यालयमा पठनपाठन गर्ने बालबालिकाका अभिभावकलाई समूह बनाई उनिहरूलाई नै च्याउ खेतिका लागि अग्रसर गराईएको हो सहायक प्रधाध्यापक‌ रोकायाले बताउनुभयो।

    उत्पादन गरिएको च्याउ बिक्री आमदानी समुहको जगेडा कोषमा रहने र समूह सदस्यलाई कुनै समस्या आईपरेमा सहयोग उपलब्ध गराईनुका साथै सोही बिद्यालयमा पठनपाठन गर्ने गरिब विपन्न परिवारका बालबालिकालाई शैक्षिक सहयोगमा सहयोग गरिने समेत लक्ष्य रहेको प्रधानाध्यापक दलबहादुर रोकायले बताउनुभयो।च्याउ खेती कसरी गर्ने भन्ने बिषयमा समूह कि अध्यक्ष मिना रानाले तालिम लियर आएपछि समुहका ३० जना महिला अभिभावकहरू च्याउ खेतिमा अग्रसर भएको सहायक प्रधानाध्यापक रोकाया बताउनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट