बेलौरी, ०२ कार्तिक।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको संयुक्त पालिका स्तरीय बैठक बेलौरी नगरपालिका वडा नम्बर ५ को भकुण्डा स्थित कालेश्वर महादेव मन्दिर परिसरमा आईतबार सम्पन्न भएको छ।
पालिका स्तरीय बैठकको सभापतिमा (रास्वपा) बेलौरी नगर सभापति बिष्णु प्रसाद शर्मा,प्रमुख अतिथी (रास्वपा) केन्द्रीय सदस्य विजय जैरु,त्यसैगरी केन्द्रीय संगठन, नीति तथा महिला विभागका सदस्यहरू, प्रदेश समिति, कैलाली र कञ्चनपुर जिल्ला समिति, निर्वाचन क्षेत्र, पालिका र वडास्तरका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा देशको बदलिँदो राजनीतिक परिस्थिति, राजनीतिक तरलता र अस्थिरताको बीचमा देशलाई कसरी निकास दिने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। त्यस्तै,आगामी संघीय निर्वाचनका लागि सर्व-स्वीकार्य उम्मेदवार छनोट प्रक्रिया,जेन्जी आन्दोलनको मर्म र देशलाई प्रतिगमन तथा यथास्थितिवादबाट अग्रगमनतर्फ लैजाने रणनीतिबारे पनि विचार विमर्श गरिएको थियो।

बैठकले निर्वाचन लक्षित कार्यक्रम, संरचनागत सुधार, आचारसंहिता निर्माण, पालिका–वडा अधिवेशन लगायतका महत्वपूर्ण निर्णय गरेको छ।कार्यक्रमका क्रममा नवप्रवेशी सदस्यहरुलाई पार्टीमा स्वागत गरिएको (रास्वपा) बेलौरी नगर सभापति बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो।।
प्रतिक्रिया दिनुहोस