२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च 


  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • २८४ पाठक संख्या
  • कञ्चनपुर, असोज ३०।नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीलाई उपचार खर्च उपलब्ध गराईएको छ । गत फागुन–चैत्रमा जिल्लाका क्रियाशिल पत्रकारहरुले खेलेको होलीबाट संकलन भएको रकमबाट पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च उपलब्ध गराईएको होे ।

    केही समयदेखि पत्रकार धामी काठमाण्डौँ स्थित केएमसी अस्पतालमा प्यान्क्र्रियाज ट्युमर रोग लागेर उपचारार्थ छन । क्रियाशिल पत्रकार कञ्चनपुरका अगुवा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव एव निर्वतमान पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले सहकर्मी बिरामी हुँदा  शिघ्र स्वास्थ्य लाभको कामना सहित दुखमा साथ दिएको बताउनुभयो। पत्रकार धामीकोे उपचारका लागि नगद ११ हजार रुपैया सहयोग गरिएको छ। सानै रकम भएपनि एक पटक औषधी खरिद गर्न र आफ्नो दुखतमा साथीहरु छन भनेर हौसला प्रदानका लागि समेत सहयोग गरेको अवस्थीले बताउनुभयो।

    ‘आफ्नै सहकर्मीलाई दुख पर्दा सक्दो सहयोग गर्ने हो, ‘यो हाम्रो कर्तव्य पनि हो। ‘यस अघि पनि यस्तै होली खेलेर जम्मा भएको रकमबाट हामीले अन्य बिरामी पत्रकार साथीहरुलाई पनि रोगको प्रकृति अनुरुप उपचार खर्च उपलब्ध गराएका थियौँ ।’ अपिटुडे दैनिकका प्रकासक प्रेस चौतारी कञ्चनपुरका संस्थापन एव महासंघका अध्यक्ष धामीको जिल्लाका पत्रकारहरुले स्वास्थ्य लाभको कामना गर्दै सक्दो दुखतका बेला सहयोग गर्नुपर्नेमा जोडदिएका छन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट