
धनबहादुर बिक,पुनर्वास, २९ असार।कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा रहेका आमा समूह ले स्थानीय बिद्यालयमा सरसफाइ गरेका छन ।
शनिबार पुनर्वास नगरपालिका ६ मा रहेको नवज्योति आमा समुह तथा महिला जागरण चौतारीले स्थानीय जीवन ज्योति माध्यमिक विद्यालय प्राङ्गणमा व्यापक सरसफाइ गरेका हुन।आफ्ना नानी बाबुहरू अध्ययन गर्ने श्री जीवन ज्योति माविमा आमा समुहका करिब ४० जना महिला तथा पुरूषहरूले सरसफाइ गरेका हुन।बर्षे बिदाका समयमा बिद्यालय परिसर भित्र अनियन्त्रित रूपमा झाडी जंगल फैलियपछि नानी बाबु हरूलाई जोखिम हुने समस्या समाधान का निमित्त गाउँमा रहेको नवज्योति आमा समूहले स्वस्फूर्तरूपमा सरसफाइ गरेका थिए ।

बिद्यालय परिसर सरसफाइ को नेतृत्व समुहका संरक्षक तथा स्थानीय समाजसेवी हरि प्रसाद अधिकारीले गरेका थिए। उनिहरूले बिद्यालय परिसर संगै बिद्यालय बाहिर सडक छेउ समेत सरसफाइ गरेका छन ।
सरसफाइ अभियानमा समुहका ४० जना बढि सहभागी रहेका थिए।यस अघि आमा समुहले बिद्यालय को पश्चिम तर्फको झाडी जंगल सरसफाइ गरेका थिए।आमा समुहले गाउँमा जुनसुकै सामाजिक काम गर्दा सक्रिय रहंदै आएको छ । सामुहिक रूपमा काम गर्दा गाउको सानातिना विकासका कार्य पनि हुने साथै एकआपसमा सुमधुर सम्बन्ध पनि कायम रहने समुहकि अध्यक्ष तथा निर्वाचित वडा सदस्य विष्णुमाया कोईराला बताउनुहुन्छ।समुहगत रूपमा एकजुट भएर काम गर्दा एकआपसमा एकता साथै हौसला पनि बढ्ने आमा समुहका संरक्षक हरि प्रसाद अधिकारीले जोड दिनुभयो।बिद्यालय जस्तो पवित्र स्थलमा गाउँका आमा समुहले स्वस्फूर्तरूपमा गरेको सरसफाइ प्रति हर्षित हुँदै बिद्यालयका प्रधानअध्यापक भरत कुमार बस्नेतले धन्यवाद दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस