झलारी, १५ जेठ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधवार सार्वजनिक विदा दिइएको छ । शुक्लाफाँटा १० निवासी नगर सभा सदस्य एवं न्यायिक समिति सदस्य तारा दत्त अवस्थीको असामयिक निधनमा नगरपालिकाले जेठ १६ गते बुधवार शोक विदा दिएको हो ।नगर सभा सदस्य एवं न्यायिक समिति सदस्य अवस्थीको आज (मंगलबार) विहान असामयिक निधन भएको थियो।नगर सभा सदस्य एवं न्यायिक समिति सदस्य तारादत्त अवस्थी ज्यूको असामयिक निधन भएकोले गहिरो दुख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली सहित भोली मिति २०८१ जेठ १६ गते शुक्लाफाँटा नगरपालिकामा अति आवश्यक सेवा बाहेक सार्वजनिक विदा दिने निर्णय गरियो नगरपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस