२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि सचेतना कार्यक्रमको आयोजना


  • २०८० बैशाख ३, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५५२ पाठक संख्या
  • बेलौरी ,कञ्चनपुर,०३ बैशाख । कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र बेलौरी नगरपालिकाको समन्वयमा श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्र बेलौरीको सभाहलमा आइतबार सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । बेलौरी नगरपालिकामा बसोबास गर्ने थारु समुदायका भलमान्सा,बढघर, बिद्यार्थि, र सचेत अगुवा पुरुष तथा महिलाहरुको सहभागितामा सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्र बेलौरीका प्रमुख गोबिन्द बहादुर बिष्टले बताउनुभयो । सचेतना कार्यक्रमको सहजीकरण बेलडाडी गाउपालिका स्वास्थ्य ईन्चार्ज अरबिन्द्र शाहीले गर्नु भएको थियो । सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गरिएको थियो । यो रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबु बन्नु भन्दा यस्को ग्रिानि गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो । यो रोग जिनमा हुने खराबीले हुने भएकाले रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने समेत जानकारी गराईएको थियो । सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने र शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट