
बेलौरी,२४असार। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२/०८३ को विशेष साधारण सभा बुधबार सम्पन्न साधारण सभाबाट मुक्त कमैया, गरिब तथा जेहेन्दार १४८ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
कार्यक्रमको सभापति शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चङ्गल चौधरी, प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी,विशिष्ट अतिथि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ढक्का रेन्ज पोस्टका रेन्जर निमबहादुर चौधरी लगायत जनप्रतिनिधि, वन उपभोक्ता, सरोकारवाला निकायका प्रतिनिधि, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सभापति चङ्गल चौधरीले सामुदायिक वनबाट प्राप्त आम्दानीलाई समुदायको हितमा पारदर्शी ढंगले परिचालन गर्दै मुक्त कमैया,गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस