२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

३ बर्ष बितिसक्दा पनि किन गर्दैन बेलौरी नगरपालिकाले सार्वजनिक सुनुवाइ


  • २०७९ फागुन १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७९४ पाठक संख्या
  • फागुन १६, कञ्चनपुर । बेलौरी नगरपालिका कार्यालयले करिब ३ वर्ष यता सार्वजनिक सुनुवाइ गरेको छैन । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि ३-३ वर्ष बितिसक्दा समेत नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेकै छैन । गत आर्थिक वर्षको अन्तमा कुनै बाहिरका संस्थालाई मोटो रकम दिएर वडा कार्यालयको ग्यालरीमा गरिएको कार्यक्रमलाई नै सार्वजनिक सुनुवाइ भनी नगरपालिकाले दाबी गर्ने गरेको छ । तर उक्त कार्यक्रमका बारेमा नगरवासी त परको कुरा, नगरपालिकाका अधिकांश जनप्रतिनिधि र कर्मचारी नै अनविज्ञ छन् ।

    नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि र कर्मचारीहरूलाई नगरवासीसँग प्रस्तुत हुन सक्ने क्षमता र उपलब्धी नभएकै कारण सार्वजनिक सुनुवाइ गर्न नसकेको नगरवासीहरूको बुझाइ छ । नगरपालिकाले सार्वजनिक सुनुवाइका नाममा कार्यकर्ता पोस्ने कार्य मात्रै गर्ने गरेको स्थानीयको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट