२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

बालविवाह न्यूनीकरणका लागि बेलौरीका किशोरीलाई व्यवसायिक सीप तालिम


  • २०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित १ दिन अघि
  • १५७ पाठक संख्या
  • माधव पौडेल, २१ जेष्ठ। कञ्चनपुरको बेलौरीमा बालविवाहको जोखिममा रहेका तथा बालविवाह भइसकेका विद्यालय बाहिरका किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बेलौरीमा एक महिने मिठाई तथा खाजा बनाउने व्यवसायिक तालिम सञ्चालन गरिएको छ।युरोपियन युनियनको आर्थिक सहयोग, युनिसेफको साझेदारी तथा सीडीसी डोटीद्वारा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत आसमान नेपालले बेलौरीका १४ जना किशोरीलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो।

    १८ देखि २१ वर्ष उमेर समूहका रूपान्तरण कक्षाबाट बाहिर रहेका किशोरीहरूलाई सीप,आत्मविश्वास र उद्यमशीलतासँग जोड्दै आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। गरिबी,अशिक्षा र सीमित अवसरका कारण बालविवाहको जोखिममा पर्ने किशोरीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

    तालिममा सहभागी किशोरीहरूले मिठाई तथा विभिन्न खाजा परिकार तयार गर्ने व्यावहारिक सीप सिकिरहेका छन्। प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जन गर्न सक्ने क्षमता विकास हुने विश्वास गरिएको छ।सीडीसी डोटीका कार्यक्रम संयोजक टेक विकका अनुसार तालिम सम्पन्न भएपछि सहभागी किशोरीहरूलाई व्यवसाय सञ्चालनका लागि पालिका र युनिसेफको सहकार्यमा आवश्यक आर्थिक सहयोग समेत उपलब्ध गराइने बताउनुभयो।यही सोचअनुसार सञ्चालन गरिएको तालिमले किशोरीहरूलाई आत्मनिर्भर बनाउनुका साथै सम्मानजनक जीवनयापनतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट