२०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

आशा लघुवित्त वित्तिय संस्था द्वारा वित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न


  • २०८२ चैत्र ३, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २२२ पाठक संख्या
  • माधव पौडेल, ०३ चैत,कञ्चनपुरको बेलौरीमा शाखा कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाको आयोजनामा गरिएको वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुखस्तरीय गोष्ठी मंगलबार सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सेयर सदस्य तथा ज्येष्ठ नागरिक पार्वती बोहराको सभापतित्व रहेको थियो भने अत्तरिया स्टेशन प्रमुख खुमबहादुर खड्का, धनगढी शाखाका शाखा प्रमुख श्री भोजराज भट्ट,समाजसेवी हरेन्द्र सिंह बिष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी लगायत संस्थाका केन्द्र प्रमुख, उपप्रमुखहरु उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थाका कर्मचारी निराजन साउँदले स्वागत मन्तव्य राख्नुभएको थियो।बेलौरी शाखा प्रमुख गणेश प्रसाद भट्टले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकल ग्राहक सिमामा रहि आशा लघुवित्त काम गर्ने र सोही अनुसार रहन आफ्ना ग्राहक सदस्यलाई सल्लाह दिनभएको थियो।त्यस्तै कार्यक्रममा बार्षिक केन्द्र बैठक मुल्यांकनका आधारमा छनौट गरिएका ५ वटा पुरस्कृत केन्द्रहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो।साथै आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट बचतकर्ताका रुपमा केन्द्र न.७६ कि सदस्य गिता भट्ट र ग्राहक सदस्यहरुका छोराछोरीहरु मध्ये एक जनालाई शैक्षिकसत्र २०८२ मा उत्कृष्ट अंक ल्याइ +२ पास गर्ने केन्द्र न.१०२ की सदस्य राम जानकी राना थरुनीका छोरी पबित्रा कुमारी रानालाई सम्मान पत्र सहित रु. ५ हजार नगद छात्रवृति प्रदान गरेको थियो ।

    कार्यक्रममा वक्ताहरूले वित्तीय अनुशासन, बचतको महत्व र कर्जाको सही उपयोगबारे जोड दिएका थिए। समाजसेवी हरेन्द्र सिंह बिष्टले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार संस्था सञ्चालन भइरहेको बताउँदै सेयर सदस्यहरूकै बचतबाट कर्जा प्रवाह गरिने जानकारी दिनुभयो। उहाँले बचत र कर्जाको सही सदुपयोगले सदस्यहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।उपप्रमुख जोगराम चौधरीले समयमै बचत गर्ने बानीले भविष्य सुरक्षित हुने उल्लेख गर्दै वित्तीय संस्थाबाट लिएको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रम सञ्चालन शाखामा कार्यरत कर्मचारी महेश कुमार थापाले गर्नु भएको थियो

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट