२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

प्रथम गोल्ड कप पेनाल्टि सुटआउट प्रतियोगिताको प्रथम उपाधि ब्राईट बिचफाँटालाई


  • २०८२ माघ १६, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ४०२ पाठक संख्या
  • धनबहादुर बिक,१६ माघ।कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा रहेको खप्तड ईङ्गलिस बोर्डिङ स्कुलले आयोजना गरेको निजि बिद्यालय स्तरिय प्रथम गोल्ड कप पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आधारभुत तह कक्षा ८ सम्मका छात्र गरि २४ बिद्यालय सहभागी पेनाल्टी सुट आउट प्रतियोगितामा जेम्स एकेडेमीलाई पछाडि पार्दै पुनर्वास ९ को ब्राईट बिचफाँटा ईङलिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । प्रथम हुने ब्राइट बिचफाँटाले नगद १५ हजार सहित शानदार ट्रफि हात पारेको छ भने द्वितिय हुने जेम्स एकेडेमीले नगद १० हजार र ट्रफि पाएको छ।त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता ब्राइट बिचफाँटाका खेलाडी सुजन बुढाले नगद रू १००० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छन भने उत्कृष्ट गोल रक्षक ब्राईट बिचफाँटाकै क्रिस सुनारले पनि नगद रू १००० सहित प्रमाणपत्र तथा मेडल पाएका छन । विद्यार्थीहरूलाई खेल बिधामा मनोबल बढाउने उदेश्यले प्रतियोगिताको आयोजना गर्न पाउँदा खुसी लागेको बिद्यालय का प्रिन्सिपल अमित रोकायाले बताउनुभयो।समुह चरण लिगको आधारमा र दोस्रो चरण बाट नकाउटको आधारमा खेलाइएको उक्त फुटबल प्रतियोगिता फिफा ए. एफ.सि. र एन्फाको नियम अनुसार खेलाईएको थियो ।

    माघ १६ गते सहिद दिवसको अवसर पारेर आयोजना गरिएको उक्त पेनाल्टी सुट आउट प्रतियोगितामा निजि बिद्यालयका खेलाडी विद्यार्थी,शिक्षकशिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासित बनाउन समेत टेवा पुग्ने कार्यक्रममा प्रमुख अतिथि मित्र सिंह लामाले बताउनुभयो ।

    बिद्यालय सञ्चालक समिति अध्यक्ष कमल केसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा रहनुभएको थियो।प्रतियोगितामा मुख्य निर्णायक कञ्चनपुर जिल्ला खेलकुद विकास संघका सदस्य मानबहादुर तामाङ,सहायक निर्णायक सन्तोष भट्ट र जीवन क्षेत्री रहनुभएको थियो।कार्यक्रमको सञ्चालन शिक्षक गजेन्द्र पन्तले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट