२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरीमा निःशुल्क सिकलसेल एनिमिया सम्बन्धी शिविर हुने


  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • १९३ पाठक संख्या
  • माधब पौडेल, ०३असार।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ,६ ९ र १०मा एकदिने निःशुल्क सिकलसेल एनिमिया रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

    सुदुर पश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को विनियोजित रकमबाट असार ५ गते बी पी स्मृति आधारभूत विद्यालय चारघरुवा, असार ६ गते बेलौरी नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालय विद्यानगर, असार ७ गते बेलौरी नगरपालिका वडा नम्बर ९ को गोरखनाथ माध्यमिक विद्यालय कुण्डा र असार ८गते बेलौरी नगरपालिका वडा नम्बर १० को भगवानपुर माध्यमिक विद्यालय भुडामा सिकलसेल एनिमिया सम्बन्धी निःशुल्क एकदिने शिविरको आयोजना गरिने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले प्रदेश सरकारले यस रोगलाई चासोको रुपमा लिएको बताउँदै आर्थिक वर्ष २०८१/०८२ मा सिकलसेल एनिमिया चेकजाँच शिविरका लागि बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका लागि आवश्यक बजेट विनियोजित गरिएको बताउनुभयो। प्रदेश सभा विष्टले शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउनुहुन आह्वान गर्नुभएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट