२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

पुनर्वास स्थित टाउन हस्पिटलमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया


  • २०७९ मंसिर २०, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५२२ पाठक संख्या
  • पुनर्वास,२० मङ्सिर कंचनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका-६, स्थित टाउन हस्पिटल प्रा.लि.मा एपेन्डिसाईटिसको सफल शल्यक्रिया भएको छ ।
    शुक्रबार टाउन हस्पिटलमा कार्यरत सम्पुर्ण टिमले पुनर्वास नगरपालिका-९, घर भएका भक्त खड्काको एपेन्डिसाईटिसको सफल शल्यक्रिया गरिएको हो ।

    हस्पिटल सञ्चालनको छोटो समयमा विभिन्न दर्जन बढि सर्जरी, हाईड्रोसिल, हर्निया र एपेन्डिसाईटिस रोगका बिरामीहरुको शल्यक्रिया गर्न सफल भएको हस्पिटलका प्रबन्धक निर्देशक पवन पन्तले जानकारी दिए ।
    निर्देशक पन्तले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था सुधार र घर आगनमै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न ठुलो लगानीका साथ सुबिधा सम्पन्न हस्पिटल सञ्चालनमा ल्याएको बताए ।
    स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका निर्देशक पन्त पुनर्वास नगरपालिका-८ का स्थानीय बासी हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट