२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

पुनर्वासबाट ब्राउन सुगरसहित एक जना पक्राउ


  • २०७९ माघ १०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६६७ पाठक संख्या
  • पुनर्वास १० माघ अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पुनर्वासको ढक्का बाट एकजनालाई पक्राउ गरेको छ।
    ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले पुनर्वास नगरपालिका–१ ढक्कास्थित हुलाकी सडक खण्डबाट ४ दशमलव ५८ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने २८ वर्षीय रामअवतार राना रहेका छन्।

    रानाको साथबाट सु प प्र ०१–०१० नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट