बेलौरी, २६ चैत्र। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०४ ले चालु आर्थिक वर्ष २०८२/०८३ स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ।
वडा कार्यालयले सूचना जारी गर्दै इच्छुक कृषकलाई ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न आह्वान गर्न सकिने बेलौरी नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो। वडाध्यक्ष ढकालका अनुसार तोकिएको म्याद नाघेर आएका तथा प्रक्रिया नपुगेका निवेदनमाथि कुनै पनि कारबाही नहुने समेत जनाइएको छ ।

कार्यक्रम अन्तर्गत हर्दिनाथ ६, सर्जु २, राधा ४, हजारी र साँवामन्सुली जातका धानको बीउ वितरण गरिनेछ । अनुदानपछि प्रति केजी बीउको मूल्य ३५ रुपैयाँ पर्ने वडा कार्यालयले जनाएको छ । आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, बीउ मागसम्बन्धी हस्तलिखित निवेदन र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) को प्रतिलिपि अनिवार्य गरिएको छ । त्यसैगरी आवश्यकता भन्दा बढी बीउ माग गर्न नपाइने पनि सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस