२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

बेलौरीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पौष १ गतेबाट हुने


  • २०८२ मंसिर २७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ६९६ पाठक संख्या
  • माधब पौडेल,२७ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०८२ आगामी पौष १ गतेदेखि ४ गतेसम्म आयोजना हुने भएको छ।

    बेलौरी नगर खेलकुद समितिको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्राले सहभागिता जनाउने आयोजकले जनाएको छ।प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, कराँते,तेक्वान्दो र एथलेटिक्स विधाका खेलहरू समावेश गरिने नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।

    अध्यक्ष न्यौपानेका अनुसार विद्यालय तहबाटै खेलकुद प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीमा अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट