२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

दुर्घटनामा घाइते सञ्चारकर्मीकी पत्नीलाई प्रेस चौतारीको सहयोग


  • २०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ३७३ पाठक संख्या
  • धनगढी,असार ६ गते बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत राउडी बजार नजिक भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी सञ्चारकर्मी तथा प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीका सचिव दीपकराज जोशीकी धर्मपत्नी शारदा कुमारी जोशीलाई प्रेस चौतारीले आर्थिक सहयोग गर्दै स्वास्थ्यलाभको कामना गरेको छ ।

    घटनामा सुप प्र ०१–००५५ नम्बरको मोटरसाइकल र सुप १००१–४३०९ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार जोशी गम्भीर घाइते भएकी थिइन्। उनी बझाङ जिल्ला अस्पतालमा अनमी पदमा कार्यरत छिन् र ड्युटी सकेर घर फर्किने क्रममा साँझ ७ बजेतिर दुर्घटना भएको थियो।

    हाल जोशीको उपचार सेती प्रादेशिक अस्पताल, धनगढीमा भइरहेको छ। घाइते अवस्थामै सेती अस्पतालमा उपचाररत जोशीलाई आज प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी र प्रेस चौतारी कैलालीको टिमले अस्पतालमै पुगेर भेटघाट गरेको छ।

    प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको नेतृत्वमा पुगेको पत्रकारको टोलीले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट