२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

बेलौरीका विपन्न परिवारको जीवनस्तर उकास्न नेप्कोन परियोजनाले कुखुरा–बाख्रापालनसँगै खानेपानी धारा निर्माण


  • २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ६ दिन अघि
  • ३१९ पाठक संख्या
  • माधव पौडेल, ०९ वैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ५ र ९ मा सञ्चालन भइरहेको ‘नेप्कोन’ परियोजना अन्तर्गत खानेपानीको धारा,कुखुरापालन र बाख्रापालन किसानलाई आवश्यक सामग्री वितरण गरिएको छ।

    निड्स नेपाल र विकास अभियान नेपालको सहकार्यमा, जर्मनीको आर्थिक सहयोगमा सञ्चालित “विपन्न परिवारको लैङ्गिक तथा समतामूलक सहभागिता प्रवर्द्धन तथा सामाजिक–आर्थिक जीवनयापन सहयोग (NEPCON)” परियोजना अन्तर्गत वडा नम्बर ५ र ९ मा विभिन्न आयमूलक तथा पूर्वाधार कार्यक्रम तीव्र रूपमा अगाडि बढाइएको छ।

    परियोजनाअन्तर्गत बेलौरी नगरपालिका–९ मा ३० घरधुरीलाई कुखुराको खोर ,दाना,र सामग्री,त्यस्तै, १० घरधुरीका लागि बाख्रापालन गर्न खोर निर्माण सम्पन्न भई बाख्रा वितरणका लागि प्रकियामा रहेको समेत निड्स नेपालका कार्यक्रम संयोजक तथा शाखा प्रमुख प्रेम बहादुर विकले जानकारी दिनुभयो।

    बुधबार बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीको संयोजकत्वमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी,इन्जिनियर जगदीश जोशी, लेखा अधिकृत ओम प्रकाश उपाध्याय, बेलौरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरी र बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह राना, लगायत साझेदार संस्था निड्स नेपालका कार्यक्रम सयोजक तथा शाखा प्रमुख प्रेम बहादुर विक लगायतको उपस्थिति रहेको थियो।

    यसैगरी, रामघाट समुदायका २८ घरधुरीमा खानेपानी धारा निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुगेको छ।यसले दैनिक जीवन सहज बनाउनुका साथै स्वास्थ्य जोखिम न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिइएको छ।परियोजनाले विशेषगरी महिलाहरूको सहभागिता बढाउने, समतामूलक अवसर सुनिश्चित गर्ने र दीगो जीविकोपार्जनको आधार तयार गर्ने उद्देश्य लिएको छ। स्थानीय तह, साझेदार संस्था र समुदायबीचको सहकार्यले बेलौरीमा सामाजिक तथा आर्थिक रुपान्तरणको सकारात्मक संकेत देखिएको सरोकारवालाहरू बताउँछन्।स्थानीयवासीहरू भने परियोजनाबाट प्राप्त सहयोगले आफ्नो जीवनमा वास्तविक परिवर्तन ल्याउन थालेको भन्दै खुसी व्यक्त गरिरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट