२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

लालझाडीमा निःशुल्क सिकलसेल तथा थालासेमिया रोगको खोजपड्ताल तथा जाँच शिविर हुने


  • २०८२ चैत्र १५, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • १३० पाठक संख्या
  • लालझाडी,१५ चैत्र। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा लालझाडी गाउँपालिकाको समन्वयमा निःशुल्क सिकलसेल र थालासेमिया खोज पड्ताल तथा जाँच परीक्षण शिविर चैत्र १७ गतेदेखि २४ गतेसम्म लालझाडी गाउँपालिकाका विभिन्न वडाका विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन हुने भएको छ।

    विशेष गरी (राना थारु,समुदायलाई लक्षित गरी वंशाणुगत प्रकृतिका यी रोगहरूको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिनुभयो।

    शिविरको पहिलो दिन चैत्र १७ गते वडा नं. ०२ कञ्जस्थित भानु माध्यमिक विद्यालयमा,त्यसपछि क्रमशः चैत्र १८ गते वडा नं. ०१ नौरङ्गास्थित शारदा माध्यमिक विद्यालय,चैत्र १९ गते वडा नं. ०३ नन्दगाउँस्थित शंकर आधारभूत विद्यालय,चैत्र २० गते सोही वडाको बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा,

    चैत्र २१ गते वडा नं.०६ चान्देवस्थित रामेश्वर माध्यमिक विद्यालय, चैत्र २२ गते वडा नं.०४ सिकलपट्टीस्थित जनचेतना आधारभूत विद्यालय,चैत्र २३ गते वडा नं.०४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा र अन्तिम दिन चैत्र २४ गते वडा नं.०५ देखतभुली स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिनेछ।गाउँपालिकाका अनुसार सबै शिविर बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।

    शिविरमा सहभागीहरूलाई निःशुल्क जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरिने हुँदा सम्बन्धित समुदायका सबैलाई शिविरमा सहभागी भई सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट