२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

बेलौरीमा हिन्दू सम्मेलन सम्पन्न, धार्मिक एकता र संस्कृतिको संरक्षणमा जोड


  • २०८२ चैत्र १४, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • २४६ पाठक संख्या
  • कञ्चनपुर, १४ चैत्र। कञ्चनपुरको बेलौरीमा विश्व हिन्दू परिषद् नेपाल,नगर कार्यसमिति बेलौरीमा रहेको बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा शनिबार हिन्दू सम्मेलन’ सम्पन्न भएको छ।

    सम्मेलनको सभापति विश्व हिन्दु परिषद् नेपाल बेलौरी नगर अध्यक्ष राजु चौधरी, प्रमुख अतिथि विश्व हिन्दू परिषद्का राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार रेग्मी, बिशिष्ट अतिथीमा विश्व हिन्दु परिषद् नेपाल सुदुर पश्चिम प्रदेश अध्यक्ष इन्जिनियर महेन्द्र राज पन्त,पश्चिम संवाहक संगठन सचिव धनुष धारी पाण्डेय, अतिथिमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्ट, नगरस्तरीय हिन्दू सम्मेलन संयोजक प्रकाशराज पन्त, बेलौरी रामलिला समितिका संयोजक दिनेश बहादुर कुँवर र विश्व हिन्दू महासङ्घका नगर अध्यक्ष भवराज उपाध्यायको सहभागिता रहेको थियो।विश्व हिन्दु परिषद् नेपाल कंचनपुरका उपाध्यक्ष धनबहादुर कुँवरले जातीय र सामुदायिक विभाजन अन्त्य गर्दै हिन्दू समाजलाई एकताबद्ध बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउँदै उनले ओमकार परिवारबीच एकता अपरिहार्य रहेको बताउनुभयो।सम्मेलनका प्रमुख अतिथि एवं विश्व हिन्दू परिषद्का राष्ट्रिय संगठन सचिवप्रल्हाद कुमार रेग्मीले हिन्दू समाजलाई एकताबद्ध बनाउन यस्ता सम्मेलनहरू महत्वपूर्ण हुने बताउँदै हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण आजको अपरिहार्य आवश्यकता हो हामी सबै हिन्दू एकजुट भएमा मात्र राष्ट्रको पहिचान र स्वाभिमान अझ मजबुत बन्न सक्ने बताउनुभयो।

    सम्मेलनमा सन्त, महात्मा, किसान, शिक्षक र स्थानीय बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन विश्व हिन्दु परिषद् नेपाल बेलौरी नगर सचिव गोरख बहादुर बिष्टले सञ्चालन गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट