२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

हनुमान जयन्तीको अवसरमा बेलौरीमा भव्य शोभायात्रा सहितको मूर्ति प्राण प्रतिष्ठा सम्पन्न


  • २०८२ चैत्र १९, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ४७१ पाठक संख्या
  • बेलौरी, १९ चैत्र।कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहमा “जय श्री राम, जय बालाजी धाम” भन्ने नारासहित विश्व हिन्दु परिषद् नेपाल बेलौरीको आयोजनामा श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार भव्य शोभायात्रा सहित मूर्ति प्राण प्रतिष्ठा सम्पन्न भएको छ।बिहान ८ बजे बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहा स्थित बालाजी धाम (श्री राधा कृष्ण मन्दिर अगाडि) बाट कार्यक्रम सुरु भई पञ्चेबाजा सहितको भव्य शोभायात्रा बेलौरी बजार हुँदै हात्तीबोझाबाट हनुमान भगवानको मूर्ति ल्याइ रिछाहा नजिकै रहेको बालाजी धाममा मूर्तिको प्राण प्रतिष्ठा गरिएको कार्यक्रम संयोजक विजयालक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो। प्राण प्रतिष्ठा पश्चात् साँझ ५ बजे भण्डारा कार्यक्रम र राति भजन कीर्तनको कार्यक्रमको आयोजना गरिएको समेत कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो।

    कार्यक्रममा भक्तजनको उत्साहजनक सहभागिता गरिएको थियो।कार्यक्रममा स्थानीय बासिन्दा,धर्मप्रेमी तथा विभिन्न क्षेत्रका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।धार्मिक आस्था र सांस्कृतिक एकताको सन्देश बोकेको उक्त कार्यक्रमले बेलौरी क्षेत्रमा धार्मिक उत्साह र सामाजिक सद्भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

     

     

     

     

     

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट