२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

ब्याडमिन्टन हलको नगर प्रमुख चौधरीद्वारा उद्घाटन


  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ७९८ पाठक संख्या
  • माधब पौडेल,०९ जेठ्।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर स्थित उग्रतारा बाल बिधालयको प्राङ्गणमा बनेको ब्याडमिन्टन क्लबमा कार्पेट सहितको हलको बुधबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको छ।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बेलौरी नगरपालिका भित्र ब्याडमिन्टन हल निर्माणका लागी संघ,प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो।स्वास्थ्यका लागी खेलकुद अति आवश्यक रहेको बताउँदै बिगतमा क्लबलाई नगरपालिकामा रहेको शिक्षा,खेलकुद बिकाश शाखाबाट सहयोग गर्दै आइरहेको समेत बताउनुभयो।ब्याडमिन्टन क्लबमा आवद्ध खेलाडी र खेलप्रती रुचि राख्ने खेलप्रेमीहरुबाट सहयोग संकलन गरेर रु २ लाख ९३ हजारमा र ब्याडमिन्टन क्लबको बैंक मौज्दात रकम बाट ब्याडमिन्टन कार्पेट बिच्छ्याइएको बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो। ब्याडमिन्टन कार्पेट ब्यवस्था गरे सँगै खेलाडीका लागि खेल खेल्दा सहज हुने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो।

    बेलौरीमा ब्याडमिन्टन खेल प्रती खेलाडीको रुचि बढी रहेकाले हल लाई  थप व्यवस्थित गरिएको क्लबका उपाध्यक्ष दिलिप चन्दले बताउनुभयो।दक्षिणी क्षेत्रको एकमात्र निजि लगानीमा बनेको हल हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट