२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

बेलौरीमा प्रथम बिधालय स्तरीय फुटबल प्रतियोगिता सुरु


  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ९६८ पाठक संख्या
  • माधब पौडेल,०५ जेठ्।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको बेलौरी फुटबल क्लबको आयोजनामा शनिबार बाट प्रथम बिधालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।

    कार्यक्रमको सभापति बेलौरी फुटबल क्लबका अध्यक्ष अरुण कार्की,प्रमुख अतिथि बेलौरी खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,बिशिस्ट अतिथिमा शान्ति माध्यामिक बिधालयका प्रधानाध्यापक प्रेम बहादुर थापा,ब्राईट स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल बिष्णु प्रसाद शर्मा, वात्सल्य बिधा निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियाल,अतिथिमा जनज्योति माध्यमिक बिद्यालय कलकत्ताका शिक्षक सुरेन्द्र बोहरा ,बेलौरी नगरपालिका वडा नम्बर ४ खेलकुद समितिका अध्यक्ष शिशिर चापागाई,ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशी लगायत खेलप्रेमी हिमाल श्रेष्ठ र ज्ञानेन्द्र गौतमको सहभागिता रहेको थियो।प्रतियोगितामा बेलौरीबाट ९ ,पुनर्वासबाट ४,बेलडाँडी बाट १ र भिमदत्त नगरपालिका १ गरि जम्मा १५ वटा बिधालयले फुटबल प्रतियोगितामा सहभागिता जनाएको बेलौरी फुटबल क्लबका अध्यक्ष अरुण कार्कीले जानकारी दिनुभयो।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार ट्रफी,मेडल र प्रमाणपत्र,दित्तिय हुने टिमले रु ५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने समेत अध्यक्ष कार्कीले बताउनुभयो।जेठ् १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा।कक्षा १० सम्म अध्ययन गर्ने बिद्यार्थीहरुले खेलकुदमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट