२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

जिल्ला लिग फुटबल प्रतियोगिताको आज उद्धघाटन


  • २०८१ बैशाख ३, सोमबार मा प्रकाशित २ साल अघि
  • ७३७ पाठक संख्या
  • बिकाश सिंह महता,०३ बैशाख ।कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा आज देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुनेभएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता – २०८१ आज उद्धघाटन हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताउनुभयो।

    कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध जिल्लाका १३ क्लब मध्य ‘जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१’ मा ११ क्लबले सहभागिता जनाउने रावले बताउनुभयो। आज पहिलो खेल डिफेन्डिङ च्याम्पियन क्लब दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच बिहान ९ बजे हुने छ। भने दोस्रो खेल दिउँसो ४ बजे निङ्गलाशैनी विकास समाज र द ग्यालेक्सी युवा क्लब बिच प्रतिस्पर्धा हुने छ। जिल्ला लिग प्रतियोगिताको उद्धघाटन दिउँसो ३:३० बजे भीमदत्त नगरपालिका मेयर पदम बहादुर बोगटीले गर्ने कार्यक्रम रहेको छ।पहिलो खेल दिपज्योती युवा क्लब र अरनिको युवा क्लब भिडने।

    प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ। जसमा विजेताहुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट