२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

अरनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक


  • २०८० माघ १७, बुधबार मा प्रकाशित २ साल अघि
  • ७४१ पाठक संख्या
  • माधब पौडेल,१७ माघ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २मा रहेको अरनिको खेलकुद बिकास समितीद्वारा जिल्लाकै सर्वाधिक धनराशीको अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० हुने आयोजना गर्ने भएको छ।

    कार्यक्रमको सभापति अरनिको खेलकुद बिकाश समितिका अध्यक्ष जित बहादुर तामाङ,प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्र सिंह लामा  लगायत क्लबका पदाधिकारीको उपस्थितिमा बुधबार पत्रकार सम्मेलन मार्फत ट्रफी ,मेडल सार्वजनिक गर्दै  माघ २१गतेदेखि जिल्लाकै ठुलो राशीको अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको मुख्य प्रयोजकमा प्रकाश दहाल स्मृति प्रतिस्ठान,सहप्रयोजकमा बिज्ञान एच आर म्यानेजमेन्ट प्रा लि काठमाडौ,रहने जानकारी दिदै  प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख ६० हजार कप,मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रकम रु १ लाख ३० हजार कप,मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको थियो ।प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडीलाई रु५ हजार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ त म्याच घोषणा गरिने बताउदै प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।हालसम्म १९ टिमले प्रतियोगितामा भाग लिन टिम दर्ता गराएका छन। प्रतियोगितामा बिभागिय टिमको पनि सहभागिता रहने आयोजकले जनाएको छ।अरनिको युवा क्लबका खेलाडीहरु लाई कार्यक्रम प्रमुख अतिथी मित्र सिंह लामाले जर्सी सार्वजनिक गर्दै अध्यक्ष तामाङ लाई हस्तान्तरण गर्नुभएको थियो।

    खेलकुद प्रतियोगिता फिफा एन्फाको नियमानुसार नकआउट पद्धतिबाट खेलाइने,प्रतियोगितामा सहभागी खेलाडीले ड्रेसमा उपस्थिति हुनुपर्ने ,प्रत्येक टिम खेलाडी संख्या १६ हुने,खेल खेल्दा कुनै बिवाद आइपरेमा आयोजकको निर्णय अन्तिम हुने समेत आयोजकले जनाएको छ।प्रतियोगिता पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको अरनिको युवा क्लबको खेल मैदान हुने आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट