२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

बेलौरीमा उग्रतारा बिबिसी नगर स्तरीय खुल्लापुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु


  • २०८० माघ १२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ९३२ पाठक संख्या
  • माधव पौडेल,कञ्चनपुर,१२माघ । कञ्चनपुरको बेलौरीमा आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

    उग्रतारा बाल विद्यालयको ब्याडमिन्टन हलमा कञ्चनपुर क्षेत्र नम्बर १ ख बाट निर्वाचित सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

    सहिद सप्ताहको अवसर पारी आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो।क्लबले विगतका वर्षदेखि नै बेलौरीमा ब्याडमिन्टन प्रतियोगिता गर्दै आइरहेको छ ।नगर स्तरीय (डबल) पुरुष प्रतियोगिता तर्फ विजेता टिमले रु. २१ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले रु. ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तेस्रो हुने टिमलाई सान्त्वना स्वरूप रु. पाँच हजार एक सय पुरस्कार प्रदान गरिने उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनुभयो। प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट