२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

बेलाैरी नगरपालिका वडा नम्बर २ कार्यालयले गर्यो कराते खेलाडीलाई सम्मान


  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १९६४ पाठक संख्या
  • माधब पौडेल ,१६ श्रावण ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालयले गत शनिबार सम्पन्न एक दिवसीय गोकुलपुर डोजोद्वारा आयोजित प्रथम वडाध्यक्ष कराते च्याम्पियन २०८० मा वडाको प्रतिनिधित्व गर्दै उत्कृष्ट भएका खेलाडीहरु लाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले जानकारी दिनुभयो।

    सम्मानित हुनेमा खेलाडीहरु क्रमश प्रथम स्थान हुन सफल करुणा चाैधरी, राहुल भुल र जीवन माली ,दित्तिय स्थान प्राप्त गर्न सफल अञ्जली चाैधरी ,दिपिका चाैधरी र तृतीय स्थान प्राप्त गर्ने हरिश खडायत लाई ट्रफी,खादा सहित सम्मान गरिएको थियो। समग्र खेलमा कराते डोजो टिमहरु मध्ये गोकुलपुर डोजो अनुशासन विधा तर्फ प्रथम स्थान हासिल गरेको थियोे ।

    सम्मानित कार्यक्रममा बोल्दै बेलाैरी नगरपालिका वडा नं २ का वडाध्यक्ष चौधरीले खेलाडीहरुको मनोवल बढाउनको लागि खेलाडिहरुलाई सम्मान बताउनुभयो ।

    खेलाडीहरु लाई सम्मान गरेकोमा गोकुलपुर डोजोका प्रशिक्षक मनिष खड्काले बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालय र वडाध्यक्ष कलबिर चौधरी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि वडा कार्यालय बाट साथ र सहयोगको अपेक्षा गरेको प्रशिक्षक खड्काले बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट