२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

बेलौरी: विद्यालय स्तरीय मेयर कप टी -२० क्रिकेट प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनलाई


  • २०८२ माघ १६, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • ६७७ पाठक संख्या
  • माधव पौडेल,१६ माघ।कञ्चनपुरको बेलौरीमा नगर खेलकुद समितिको आयोजनामा विद्यालय स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनले हात पारेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा सिद्धबाबा एकेडमी र वात्सल्य विद्या निकेतन बीच भएको फाइनल खेलमा वात्सल्य विद्या निकेतनले सिद्धबाबा एकेडमीलाई १० विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सिद्धबाबा एकेडमी १० ओभरमा मात्र ३० रनमै अलआउट भएको थियो। सामान्य लक्ष्य पछ्याएको वात्सल्य विद्या निकेतनले सहज रूपमा जीत हासिल गरेको छ।

    समापनमा समारोहको सभापति नगर खेलकुद समिति बेलौरीका अध्यक्ष रामेश्वर न्यौपाने,कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायत खेलप्रेमी, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य नगर खेलकुद समितिका सदस्य भूपेन्द्र शाहीले गर्नुभएको थियो।समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोतिलाल चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालय तहदेखि नै यस्ता प्रतियोगिता आयोजना गरिँदा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो।

    समापन कार्यक्रमका बोल्दै नगर खेलकुद समिति बेलौरीका अध्यक्ष रामेश्वर न्यौपानेले प्रतियोगिताको सफलतामा सहभागी सबै विद्यालय, खेलाडी तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभएको थियो।प्रतियोगितामा प्रथम हुने वात्सल्य विद्या निकेतनले नगद रु ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितिय स्थान हासिल गरेको सिद्धबाबा एकेडमीले रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तृतीय स्थान संयुक्त रूपमा हासिल गरेका विज्डम एकेडमी र लिटिल गार्डेन बोर्डिङ स्कुलले जनही रु ५–५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।खेलको प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट बलरको उपाधि वात्सल्य विद्या निकेतनका निरज सिंह कार्कीलेप्राप्त गरेका छन् भने बेस्ट ब्याट्सम्यानको उपाधि सोही विद्यालयका निराजन थापालाई प्रदान गरिएको थियो। उनीहरूलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।खेल सञ्चालन तथा निर्णायकको भूमिकामा दीपेन्द्र प्रसाद उपाध्याय र महेश बोहरा रहनुभएको थियो। खेलमा बेलौरी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत ९ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट