२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

शान्ति माध्यामिक विद्यालयले रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगद रकम सहित सम्मान


  • बेलौरी अनलाईन
  • २०८२ पौष २१, सोमबार मा प्रकाशित १ महिना अघि
  • ५५५ पाठक संख्या
  • बेलौरी, २१ पौष।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको शान्ति माध्यमिक विद्यालय, बेलौरी नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा पदक विजेता खेलाडीलाई सोमबार एक कार्यक्रमका बीच नगद रकम सहित सम्मान गरेको छ।सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चौधरी तथा अभिभावक–शिक्षक संघ (पिटिए) का अध्यक्ष हरि प्रसाद रिजाल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापा, लगायत शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उजागर गर्ने खेलाडी भाइ–बहिनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो।प्रधानाध्यापक थापाले सम्मानित सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई दिँदै आगामी प्रतियोगिताहरूमा पनि यस्तै सफलता हासिल गर्दै विद्यालय, समाज र राष्ट्रको नाम उजागर गर्न शुभकामना व्यक्त गर्नुभयो।

    १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत बेलौरी नगरपालिका स्तरीय खेलकुद छनोट प्रतियोगिता २०८२ मा १७ स्वर्ण,१२ रजत र १० कास्य सहित कुल ३९ पदका साथ बेलौरी नगरपालिका मै प्रथम स्थान हासिल गरेको थियो। बिद्यालयले गत वर्ष सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा समेत प्रथम स्थान प्राप्त गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट