२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

बेलौरी: प्रदेश सभा सदस्य बिष्टद्वारा मेयर कप फुटबल प्रतियोगिता उद्घाटन


  • २०८२ मंसिर १५, सोमबार मा प्रकाशित १ महिना अघि
  • ४४६ पाठक संख्या
  • माधब पौडेल,१५ मङ्सिर। कञ्चनपुरको बेलौरी नगर खेलकुद समितिद्वारा बेलौरीको खुला मञ्चमा आयोजना गरेको वडा स्तरिय मेयर कप फुटबल प्रतियोगिता विधायन तथा मामिला समिति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सोमबार उद्घाटन गर्नुभयो।कार्यक्रमको सभापति बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि विधायन तथा मामिला समिति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी,अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा १ देखि १० वडाका वडाध्यक्ष राजनीतिक दल पार्टी प्रमुख, निर्वतमान खेलकुद समितिका अध्यक्षहरु, सुरक्षाकर्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष प्रकाश श्रेष्ठले वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस खेलकुदबाट नगरपालिका भित्र रहेका खेलाडीहरुलाई बाहिर खेल्ने खेललाई सहयोग पुग्ने बताउनुभयो।कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै नेपाली काँग्रेसका नगर सभापति पेपुराम चौधरीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै शरीरलाई स्वस्थ राख्न खेलकुदका कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो। नगरपालिकाले खेलकुदमा पर्याप्त रकम विनियोजित गर्नुपर्नेमा जोडदिनुभयो।कार्यक्रममा बोल्दै अतिथि एवं बेलौरी नगरपालिका नगर उप प्रमुख जोगराम चौधरीले नगरपालिका सबै क्षेत्रलाई समेट्दै अगाडि बढ्नुपर्ने दायित्वका कारण खेलकुद क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो। नगर उप प्रमुख चौधरीले खेलकुद क्षेत्रमा बजेट अझै अपुग रहेको स्वीकार गर्दै त्यस विषयलाई कार्यपालिका बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विधायन तथा मामिला समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले खेलकुद प्रतियोगिता आयोजना गरिएकोप्रति आयोजकलाई धन्यवाद ज्ञापन गर्दै क्षेत्रको विकासका लागि सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। बेलौरी क्षेत्रबाट धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।लोकतन्त्र र गणतन्त्र स्थापना पश्चात् विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै विगतको अवस्थाभन्दा अहिले धेरै परिवर्तन महसुस गर्न सकिने अवस्था आएको बताउनुभयो।यस क्षेत्रमा ब्याडमिन्टन हल भलिवल प्रतियोगिताका लागि कवार्डहल अति आवश्यक रहेकाले हल निर्माणका लागि आवश्यक जमीनको प्रबन्ध नहुँदा सबै पक्षसंग छलफल गरी खुला मञ्चमा बनाइएको बताउनुभयो।कार्यक्रको समापनमा बोल्दै बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले उद्घाटन कार्यक्रममा आफ्नो अमूल्य समय दिएर कार्यक्रममा उपस्थित हुन भएका सम्पूर्ण प्रमुख अतिथि, अतिथि,खेलकुद प्रेमी हरुलाई धन्यवाद ज्ञापन गर्दै खेलकुद कार्यक्रम अनुशासित र मर्यादित भएर खेल्न समेत आग्रह गर्नुभयो।

    उद्घाटनमा खेलाईएको मैत्रीपूर्ण खेलमा बेलौरी उद्योग बाणिज्य संघ र बेलौरी नगरपालिकाका कर्मचारी बीच भएको थियो। कार्यक्रमका विजयी हुने टीमले नगद रु १० हजार रुपैयाँ प्रदान गरिने बताउनुभयो।कार्यक्रममा स्वागत मन्तव्य बेलौरी नगर खेलकुद समिति सदस्य भूपेन्द्र शाहीले राख्नुभएको थियो।मेयर कप फुटबल प्रतियोगितामा बेलौरी नगरपालिका भित्र रहेका दश वडाका १० वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टीमले नगद रु ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र द्वितीय हुने टिमले नगद रु ३१ हजार ट्रफी, मेडल र ट्रफि प्रदान गरिने बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट