धनबहादुर बिक,पौष १४।पुनर्वास नगरपालिका ६ मा रहेको त्रिभुवन युवा क्लब ले हालै सम्पन्न खेलकुद प्रतियोगिताको हिसाब सार्वजनिक गरेको छ।कार्तिक २३ गते बाट सुरु भई मंसिर ४ गते समापन भएको कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ स्तरिय अन्तर क्लब पुरूष फुटबल प्रतियोगिताको हिसाब क्लबले सार्बजनिक गरेको हो ।क्लबका कोषाध्यक्ष सन्त कुमार भट्टले ५ लाख ७६ हजार ११५ रूपैया बराबरको आयव्यय हिसाब सार्वजनिक गरेको छ ।आईतवार त्रिभुवन युवा क्लब को खेलमैदान प्राङ्गणमा क्लबले आयोजना गरेको कार्यक्रममा खेल सम्पादनमा भएको सम्पुर्ण आयव्यय हिसाब पेश गरिएको थियो ।
खेल सञ्चालनका लागी पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालयबाट कर कट्टी गरि २ लाख ८२ हजार प्राप्त भएको , चन्दा संकलनबाट २ लाख ९० रूपैया , क्लबका आजिबन सदस्य बापत १० हजार २५ रूपैया र प्रतियोगिताका लागि क्लब ईन्ट्री शुल्क बापत ८४ हजार प्राप्त भएको क्लबका अध्यक्ष जितबहादुर तामाङले बताउनुभयो।फुटबल प्रतियोगिता अत्यन्तै शान्तिपूर्ण ढङ्गले सञ्चालन गरि कुनै बिबादरहित किसिमले खेल समापन गर्न सफल भएकोमा वडा अध मित्र सिंह लामाले आयोजक क्लब परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्रतियोगितामा प्रथम हुने झिलमिला युवा क्लबलाई १ लाख नगद ट्रफि मेडल प्रदान गरिएको थियो भने दोस्रो स्थान आयोजक त्रिभुवन युवा क्लब भएको थियो ।
प्रतिक्रिया दिनुहोस