२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

पुनर्वास:नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न उपाधि पुनर्वास जनता मा.वि.लाई 


  • २०८१ पौष ७, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ३४६ पाठक संख्या
  • धनबहादुर बिक,०७ पौष।पुनर्वासमा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि पुनर्वास जनता माविले हात पारेको छ । पुनर्वासकै अग्रणी बिद्यालय श्री पुनर्वास जनता मा.विले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएको सबै बिधामा सहभागिता जनाउदै ११ स्वर्ण,७ रजत १२ कास्यपदक सहित प्रथम हुन सफल भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद मुल नारा सहित गौरीशंकर माध्यमिक बिद्यालयको खेलमैदानमा शुक्रबारदेखि सञ्चालित १५ औं रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास जनता माविले पहिलो स्थान हासिल गरेको हो ।यसैगरी ८ स्वर्ण ४ रजत ३ कास्यपदक सहित पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माविले हासिल गरेको छ।७ स्वर्ण ४ रजत ५ कास्यपदक सहित आयोजक गौरीशंकर मावीले हात पारेको छ ।प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, रिले दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको थियो । खेल मध्ये सबैभन्दा रोचक मानिएको छात्र भलिबलको प्रथम स्थान एस पि एल एकेडेमीलाई हराउँदै पुनर्वास नगरपालिका २ मा रहेको श्री सरस्वती मावि प्रथम हुन सफल भएको छ भने युग ज्योति माविलाई हराउदै एस पि एल एकेडेमी द्वितीय भएको छ त्यसतै तृतीय युग ज्योति मावि भएको छ ।यस्तै छात्रा तर्फको भलिबल मा एस पि एल एकेडेमी मावि लाई हराउदै पुनर्वास जनता मावि प्रथम भएको छ।यसैगरी अर्को रोचक कबड्डी प्रतियोगिता छात्र तर्फ श्री जनकल्याण मावि लाई पछि पार्दै युग ज्योति मावि ले प्रथम स्थान लिन सफल भएको छ।यस्तै छात्रा तर्फको कबड्डी प्रतियोगितामा पुनर्वास नगरपालिका १ अंशुबर्माबस्तिमा रहेको शान्ति माविलाई पछाडि पार्दै सरस्वती मावि मोतिबस्तिले प्रथम स्थान ओगट्न सफल भएको छ ।मार्चपास तर्फ प्रथम गौरीशंकर मावि दित्तिय एस पि एल एकेडेमी मावि र तृतीय पुनर्वास जनता मावि रहेका छन।त्यसैगरी ८०० मिटर छात्र रिले दौडमा जीवन ज्योति माविले प्रथम स्थान बागिश्वरी माविले द्वितीय स्थान र जीवन ज्योति माविले नै तित्तिय स्थान हासिल गरेका छन । छात्रा रिले दौड ८०० मिटरको प्रथम स्थान बागिस्वरी माविले हात पारेको छ भने द्वितीय स्थान जीवन ज्योति माविले नै हात पारेको छ तृतीय स्थान बागिस्वरी माविले प्राप्त गरेको छ ।

    यस्तै सर्टफुट छात्रा तर्फको प्रथम स्थान जीवन ज्योति माविको रहेको छ द्वितीय स्थान गौरीशंकर माविले प्राप्त गरेको छ भने तित्तिय स्थान सरस्वती माविले हासिल गरेको छ । छात्र तर्फको सर्टफुटको प्रथम स्थान सरस्वती माविले लिएको छ द्वितीय स्थान दुर्गा माविले प्राप्त गरेको छ भने तृतीय स्थान बिजय मावीले हासिल गरेको छ ।

    विजेता तथा उप विजेता बिद्यालयका खेलाडीलाई यसबर्षको प्रथम,द्वितीय र तृतीय पुरस्कार शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।नगरपालिकाभित्रका २५ विद्यालय सहभागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल बिधाका आधारमा जिल्ला , प्रदेश स्तरिय तथा पालिका अन्तर्गत बिद्यालयका करिब ५० जना निर्णायकहरूले निकै सौहार्द ढङ्गले खेल खेलाएका थिए ।

    २५ बिद्यालयका करिब एक हजार विद्यार्थीले प्रतिस्पर्धा गर्दै आईतवार भब्य कार्यक्रम बिच समापन गरिएको छ भने पालिका अन्तर्गत उत्कृष्ट हुने खेलाडीलाई केहिदिन भित्र जिल्लामा खेलाईने निर्णायक हिमाल बिष्टले जानकारी दिनुभयो।कञ्चनपुरको पुनर्वास नगरपालिकाले आयोजना गरेको १५ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि गौरीशंकर माविमा आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तारालामा तामाङ प्रमुख अतिथि रहेका थिए भने समापन कार्यक्रम का प्रमुख अतिथि पुर्व राष्ट्रिय सभा सदस्य ईन्दु कडारिया बिष्ट रहेकि थिईन ।

    कार्यक्रम लाई समापन गर्दै पुर्व राष्ट्रिय सभा सदस्य बिष्टले बिद्यालयको सहभागिमुलक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको माध्यमबाट ग्रामीण क्षेत्र का खेलाडी भाइ बैनीहरूले राष्ट्रियस्तर सम्म आफुलाई पुर्याउने अवसर प्राप्त हुनु संगै आफ्नो क्षेत्रलाई समेत राष्ट्रियस्तरमा परिचित गराउने माध्यम हुने बताउँदै पुनर्वासका खेलाडी भाइ बैनीहरूको खेल विकासका लागि सकेसम्मको प्रयास गर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रमका सभापति तथा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने तथा उत्कृष्ट हुने खेलाडी एबं बिद्यालय लाई धन्यवाद व्यक्त गरेका थिए। नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने यस बर्ष पनि अझ राम्रो प्रदर्शन गरि आफ्नो क्षेत्रको नाम उच्च स्थानमा राख्नेछन भनी नगर प्रमुख शर्माले खेलाडी हरूलाई शुभकामना दिएका थिए।कार्यक्रमका बिशिस्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले खेलको माध्यमबाट म राष्ट्रका लागि केही योगदान दिनेछु भन्ने बिध्यार्थि भाइ बैनीहरूलाई अवसर मिल्ने तथा खेलकुद को माध्यमबाट आफ्नो करियर बनाउने सुनौलो अवसर समेत रहने बिषयमा जोड दिनुभयो ।

    प्रतियोगिता आयोजक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर पुजाराले आफ्नै बिद्यालयमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न पाएकोमा पुनर्वास नगरपालिकालाई धन्यवाद दिएका थिए । उनले खेल सम्पन्न गराउन अहोरात्र खट्टिने सहभागी बिद्यालय का शिक्षकशिक्षिका , निर्णायक मण्डल , समाजसेवी बुद्धिजीवी लगायतलाई धन्यवाद दिएका थिए ।आयोजक बिद्यालय गौरीशंकर माविका प्रअ लोकबहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको सञ्चालन शिक्षक भक्त बहादुर रोकायाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट