धनबहादुर बिक,पुनर्वास,१३कार्तिक।चौथो गोविन्द बिक स्मृति कप वडास्तरिय भलिबल प्रतियोगिताको प्रथम बिजेता पुनर्वास वडा नम्बर १० भएको छ भने द्वितीय स्थान वडा नम्बर ६ ले प्राप्त गरेको छ ।सहिद गोविन्द बिक को चौथो बार्षिकि स्मृतिमा प्रतिष्ठानले आयोजना गरेको वडास्तरिय पुरूष भलिबल को आज सम्पन्न फाईनल खेलमा कडा प्रदर्शन गर्दै पुनर्वास नगरपालिका १० स्थित नवयुग युवा क्लब पहिलो बिजेता भएको छ भने फाईनल प्रतिस्पर्धि खप्तड युवा क्लब वडा नम्बर ६ उप विजेता भएको छ ।
उक्त भलिबल प्रतियोगितामा ११ टिम सहभागी रहेका थिए।सहिद गोविन्द बिक को चौथो बार्षिकि स्मृति कार्तिक १ गते उद्घाटन गरिएको पुरूष भलिबल प्रतियोगिता को एक कार्यक्रम बिच मंगलबार समापन गरिएको हो। प्रथम हुने विजेता टिमले नगद ४० हजार ट्रफि मेडल प्राप्त गरेको छ भने द्वितीय हुने खप्तड युवा क्लबले नगद २० हजार ट्रफि र मृडल हात पारेको छ ।प्रतिष्ठान का अध्यक्ष हरि बिक को सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य दिपक बहादुर सिंह रहेका थिए भने बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिक ,खेलकुद परिषद सदस्य प्रकाश बिक टोप बहादुर बिष्ट रहेका थिए,अतिथि मा नेपाल रेडक्रस सोसाइटी पुनर्वास सभापति कृष्णबहादुर तामाङ,जनजागरण सामुदायिक बन अध्यक्ष लोकबहादुर कार्कि,नवयुवा युवा क्लब पुनपा ९ अध्यक्ष करण ऐडी,वडा सदस्य राजन सुनार,मनमाया बिक,समाजसेवी पदम परियार लगायत रहेका थिए।सुदूरपश्चिम को देउडा तथा सांस्कृतिक कार्यक्रम लगायत आयोजना गरिएको थियो।कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले सहिद गोविन्द बिक ले देशका लागि कर्तव्य पालना गर्दै गर्दा सहिद हुनुपरेको बिषयलाई सम्झना गर्दै उनलाई कसैले पनि बिर्सन नहुने कुरामा जोड दिएका थिए । सो अवसरमा सहिद बिक कि ममतामयी आमा र उनकि श्रीमती लाई सम्मान स्वरूप दोसल्ला ओढाई मायाको चिनो प्रदान गरिएको थियो ।स्मरण रहोस २०७७ कात्तिक २ गते राति कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक लामो समयदेखि चल्दै आएको तस्करीको लाइन भत्काउन खोज्दा तस्करीको गोली बाट उनको मृत्यु भएको थियो।०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका २८ बर्षिय बिक को ३ बर्ष सेवा गर्दैगर्दा तस्कर समुहले गोलि हानी हत्या गरेको थियो ।सहिद गोविन्द बिक को चौथो स्मृति समापन कार्यक्रममा सहभागी धेरै स्थानीय को आँखा रसाएको थियो।कार्यक्रम को सञ्चालन प्रतिष्ठान का सचिव शैलेन्द्र बिकले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस