२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

बेलौरीमा दोस्रो खुल्ला वडा अध्यक्ष पेनाल्टी सुट-आउट प्रतियोगिता हुने


  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • २४० पाठक संख्या
  • माधब पौडेल, ०४असोज। हिन्दुहरूको महान पर्व बिजया दशमीको उपलक्ष्यमा असोज २४ गते फूलपातीको दिन खेलकुद विकास समिति वडा नम्बर ४ को आयोजना र बेलौरी नगरपालिका वडा नम्बर ४ कार्यालयको मुख्य प्रायोजकमा दोस्रो खुल्ला वडाध्यक्ष कप पेनाल्टी सुट-आउट प्रतियोगिता २०८१ को आयोजना गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो।

    पेनाल्टी सुट आउट प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार रु. २५ हजार ,द्वितीय पुरस्कार रू १५ हजारमा सरकारी नियमानुसार कर कट्टी प्रदान गरिने वडाध्यक्ष ढकालले जानकारी दिनुभयो। कार्यक्रममा सहभागिता जनाउन टिम ईन्ट्री शुल्क १ हजार बराबरको रकम तोकिएको छ,टिम ईन्ट्री गर्नुपर्ने अन्तिम असोज २३ गते साँझ ५ बजे भित्र गरिसक्नुपर्ने आयोजकले जनाएको छ। खेलाडीहरूले अनिवार्य रूपमा खेल पोशाक लगाउनु पर्ने।खेल नक आउट विधिबाट खेलाईने। एक टिममा पाँच जना मात्र हुनु पर्ने।खेलमा कुनै किसिमको पनि चोटपटक लागेमा आयोजक जिम्मेवार हुने छैन ।एक टिमबाट खेलीसकेको खेलाडीले अर्को टिमबाट खेल्न नपाउने,त्यसो गरेको पाईएमा पुरै टिम खारेज हुने र खेलमा कुनै पनि विवाद आएमा निर्णायक र आयोजहरूको निर्णय नै अन्तिम निर्णय हुने सहितको नियम राखिएको आयोजकले जनाएको छ। वडा नम्बर ४ को कार्यालयले वर्षदेखि नै खेलकुदका कार्यक्रम गर्दै आइरहेको छ। प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति माध्यामिक विद्यालय को प्राङ्गणमा गरिने समेत आयोजकले जनाएको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट