कञ्चनपुर, १२ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ताबाट प्रहरीले अवैध गहुँ र ट्रली बरामद गरेको छ ।
अवैध रूपमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको अन्दाजी मूल्य रु. १४ लाख ५० हजार मूल्य बराबरको दुई सय क्विन्टल गहुँ र दुई थान ट्याक्टरको ट्रली बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर उक्त सामग्री नियन्त्रणमा लिएको हो। गहुँ र ट्रली आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस