माधब पौडेल, २९ चैत्र। कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको बेलौरी ब्याडमिन्टन क्लबको बिहीवार सम्पन्न प्रथम साधारणसभाबाट अध्यक्ष अशोक श्रेष्ठ सहित ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।
नवगठित कार्य समितिको उपाध्यक्षमा दिलिप चन्द,सचिव रजनिस भण्डारी ,काेषाध्यक्ष रबिन्द्र श्रेष्ठ ,सदस्यहरुमा राज बहादुर चन्द,सुरेन्द्र बोहरा ,राम बहादुर मगर ,पुष्कर सिंह बुडाल,राजेश भट्ट, दिपेन्द्र उपाध्याय र बासुदेब क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक बिष्णु प्रसाद तिवारीले जानकारी दिनुभयो। बेलौरी नगरपालिकाको संघ संस्था ऐन २०७९ अन्तर्गत २०७९ साल असोज २४ गते बेलौरी ब्याडमिन्टन क्लब सुरज श्रेष्ठ अध्यक्षतामा दर्ता भएको थियो। क्लबले २०७९ साल असोजमा कञ्चनपुर क्षेत्र नम्बर १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो।बेलौरी नगर खेलकुद समितीलाई ज्ञापनपत्र दिई २०८० असोजमा कञ्चनपुर क्षेत्र नम्बर १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो। २०८० माघमा अन्तर बिधालय र नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो। क्लबले नियमित रुपमा प्रतियोगिता गर्नुका साथसाथै ब्याडमिन्टन खेलको बिकाशमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ।अध्यक्ष श्रेष्ठका अनुसार बेलौरी बजारमा कभर्डहलको तत्काल आवश्यकता रहेकोले सम्बन्धित पक्षले पहल गरिदिन आग्रह गर्नुभयो।साधारणसभा नयाँ समिति चयन गर्नका लागी ३ सदस्यीय निर्वाचन समिति बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस