माधब पौडेल,२२ चैत्र। कञ्चनपुरको बेलौरी नगरपालिका वडा ७ खेलकुद सञ्चालन समितीको आयोजना बेलौरी नगरपालिका वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोगमा ४० बर्ष माथिको रात्रीकालिन पुरुष भेट्रान कप भलिबल प्रतियोगिता शुक्रबार बाट सुरु हुने भएको छ।
बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहको कल्याण माध्यमिक बिधालयको प्राङ्गणमा नगर स्तरिय रात्रीकालिन भेट्रान भलिबल प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको नगरपालिका स्तरीय पुरुष भेट्रान कप पुरुष भलिबल प्रतियोगिताका संयोजक तेज बहादुर चन्दले जानकारी दिनुभयो। कार्यक्रममा प्रथम हुने टिमले पुरस्कर रु २५ हजार मेडल ट्रफी,दित्तिय स्थान हासिल गर्ने टिमले रु १५ हजार मेडल ट्रफी,तृतीय हुने टिमले नगद रु ५ हजार र मेडलको पुरस्कर प्रदान गरिने संयोजक चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा बेलौरी नगरपालिकाबाट ५ टिम,पुनर्वास नगरपालिका,बेल्डाँडी र लालझाडी गाउँपालिका बाट १/१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।प्रतियोगिता चैत्र २३देखी २५ गतेसम्म सञ्चालन समितिले जनाएको छ। बिगतको बर्षमा पनि रात्रिकालिन भलिबल प्रतियोगिता गर्दै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस