माधब पौडेल,२७ फागुन। कञ्चनपुरको लालझाडी गाउँपालिकामा”महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नारा सहित निड्स नेपाल र मर्सिकोरको आयोजनामा आर्थिक बिकाश मार्फत बिपद जोखिम व्यवस्थापन कार्यक्रम(M-red) अन्तर्गत लालझाडी गाउँपालिका वडा नम्बर १ खल्ला बिचुवाको महादेव सामुदायिक विपद् व्यवस्थापन समितिको अध्यक्षतामा आइतबार कार्यक्रम सम्पन्न भएको छ।महादेव सामुदायिक विपद् व्यवस्थापन समितीका अध्यक्ष रामफुल रानाको अध्यक्षता, लालझाडी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पशुपति बि.क को प्रमुख आतिथ्यतामा बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको उदयपुर सामुदायिक विपद् व्यवस्थापन समितीको अध्यक्ष रुक्मिणी राना लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियोे। फागुन २५ गते नारी दिवस भएता उक्त क्षेत्रमा महाशिवरात्रिको मेला लाग्ने भएकाले कार्यक्रममा महिला उल्लेखनीय सहभागिता नहुने हुँदा आइतबारका लागी सारिएको आर्थिक विकाश मार्फत बिपद जोखिम ब्यवस्थापन कार्यक्रम(M-red) सहजकर्ता सरस्वती रेग्मीले बताउनुभयो।वडा नम्बर १का करिब २५ महिलाहरूलाई सामुदायिक बिपद् व्यवस्थापन समितिको सिकाई आदान प्रदान गरिएको समेत सहजकर्ता सरस्वती रेग्मीले जानकारी दिनुभयो।
महादेव सामुदायिक बिपद् व्यवस्थापन समितिका महिलाहरु सक्रिय नभएका (सिडिएमसि)को नेतृत्व लिएता पनि खासै परिचालित नभएका कारण एम रेड्ले गरेका नमुना कामको समुदायमा सक्रिय अगुवा महिलाका अनुभव साटासाट गर्दै उदयपुर सामुदायिक बिपद् व्यवस्थापन समितिका अध्यक्ष रुक्मिणी रानाले लालझाडी गाउँपालिका वडा नम्बर १ खल्ला बिचुवाको महादेव सामुदायिक बिपद् व्यवस्थापन समितिमा आफुले गरेका राम्रा कामहरूको अनुभव साटासाट गर्दा सामुदायिक बिपद् व्यवस्थापन समितिको नेतृत्व,आकस्मिक परिचालन लगायतका विषयमा अध्यक्ष रानाले समुदायमा गएर सिकाइ आदानप्रदान गर्नुभएको थियो ।कार्यक्रम बोल्दै महादेव सामुदायिक बिपद् व्यवस्थापन समितिका अध्यक्ष रामफुल रानाले समुदायको तर्फबाट आयोजना गरिएको कार्यक्रमबाट थप हौसला बढेको बताउदै आगामी दिनमा अझै राम्रो गर्दै लैजानेमा जोड दिनुभयो ।
सन १८५७ मा अमेरिकाको गारमेन्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरुले निश्चित कार्य घण्टा समान कामको समान ज्याला मातृ शिशुको लगायतका माग सहित गरेको प्रदर्शनले आन्दोलनको रुप लिदै थप आन्दोलन अझै चर्किदै फैलिदै र विकसित हुँदै सन १९०९ मा न्युयोर्कको गारमेण्ट कारखानाका मजदुरहरु लाई युनियनमा लागेको आशन्कामा लागेको निहुँ ब्यवस्थापन निष्कासन गर्ने कार्य गरेपछि श्रमिकहरु हडतालमा उत्रन बाध्य भए यस घटनाले श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो र पहिला भन्दा ठुलो संख्यामा महिलाहरु युनियनमा संगठित हुन पुगे श्रमिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्च बाट पहिलो पटक महिलाको समान अधिकारको लागि आवाज उठाउने प्रथम जर्मन समाजबादी महिला नेता क्यालारा जेट्किन थिइन भन्ने इतिहास छ।सन १९१० मा १७ देशका १००जना समाजवादी महिलाहरूको बीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो।उक्त सम्मेलन बाट क्यालारा जेट्किनले महिला अधिकार र राजनीति समानताका लागी हरेक बर्ष बिश्व भरका महिलाहरुले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन थालिएको हो। नेपालमा भने १८ औं शताब्दीबाट सुरुवात भएको श्रमिक महिला अधिकारको आन्दोलन २१ औं शताब्दी सम्म आइपुदा पनि नेपालमा भने महिलाहरुले आफ्नो पुर्ण अधिकार उपभोग गर्न पाएका छैनन्।नेपालमा श्रमिक अधिकारको मुद्दा बि.स २००७ को प्रजातन्त्रको सुरुवात सगै आउन थालेको इतिहास छ।पहिलो पटक २०१७ सालमा धनकुटाका महिला शिक्षकहरुले मनाउन थालेको यो दिवस २०३५-३६को विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिलाको बीचमा मनाउन थालेको पाइन्छ।२०४७ सालमा बहुदलीय ब्यवस्थाको स्थापना भए पश्चात् महिलाको अधिकारको क्षेत्रमा कार्यरत संघ सस्थाहरु महिलाको समान अधिकारमा बिश्वास गर्ने ट्रेड युनियनहरु र श्रमिक महिलाहरुले यो दिवस लाई मनाउदै आइरहेको छन।सबै महिलाहरु श्रमिक हुन चाहे उनीहरु पारिश्रमिक लिएर वा बिना पारिश्रमिक सेवामूलक काम गरेर आफ्नो जिबिकोपार्जन गर्दछन राष्ट्रिय श्रमशक्ति सर्वक्षण २०१७-१८ अनुसार नेपालमा ९०.५ प्रतिशत महिला अंसगठित क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ।सोही सर्वक्षण अनुसार लगभग ७३ हजार नेपालीहरु घरेलु श्रमिक रहेका छन जसमध्ये झन्डै २तिहाई महिला छन।कामको पहिचान नभएको र नेपालको श्रम कानुन अनुसार श्रमिकको सुबिधा नपाएका कारण नेपाली घरेलु श्रमिक महिलहरु यौनजन्य हिंसा सामाजिक लाल्छान ज्यालामा असमानता जस्ता कारण ले समस्याहरु भोगिरहेका तथ्यांक छ। आर्थिक बिकाश मार्फत बिपद् ब्यवस्थापन(M-red )कार्यक्रमले लालझाडी गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्मका १० वटा समुदायमा बिपद्का क्षेत्र,जिविकोपार्जन अल्पिकरणका क्रियाकलाप नदि कटानी लगायत (नेक्सस पद्धति)बाट थुप्रै काममा सहयोग गर्दै आइरहेको (M-red )कार्यक्रमका टेक्निकल अफिसर कौशल भण्डारीले बताउदै।जिविकोपार्जनका लागी प्राबिधिक सहयोग ,दोदा कटान क्षेत्रमा उखु खेती विस्तारमा पहल र निरन्तरता उखु उद्योग संग समन्वय गर्दै आइरहेको टेक्निकल अफिसर भण्डारीले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस