२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधी नेको इन्स्योरेन्स बेलौरीलाई


  • २०८० माघ १५, सोमबार मा प्रकाशित ९ महिना अघि
  • १२७१ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, १५ माघ । कञ्चनपुरको बेलौरीमा सञ्चालित आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा नेको इन्स्योरेन्स बेलौरी प्रथम, निङ्गलाशैनी भगवती बेलौरी द्वितीय र न्यु खप्तड ट्रेडर्स गोलकपुरले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । नगर स्तरीय (डबल) पुरुष प्रतियोगिता तर्फ प्रथम भएको नेको इन्स्योरेन्स बेलौरीले रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय भएको निङ्गशैनी भगवती बेलौरीले रु. ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय भएको न्यु खप्तड ट्रेडर्स गोलकपुरले सान्त्वना स्वरूप रु. पाँच हजार एक सय पुरस्कार प्राप्त गरेको उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनु भयो । प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो ।

    यसअघि माघ ५ गतेदेखि ७ गतेसम्म सञ्चालित विद्यालयस्तरीय प्रतियोगितामा प्रथम भएको उग्रतारा बाल विद्यालय बि टिमले २ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय भएको एभरेस्ट बोर्डिङ स्कुल बेलौरीले रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्वरूप उग्रतारा बाल बिधालयको ए टिमले रु.१ हजार पुरस्कारले पुरस्कर प्राप्त गरेका छन।

    प्रतियोगिता समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले सहिद सप्ताहको अवसर पारी आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रमको सभापति उग्रतारा बाल विद्यालयका सस्थापक गङ्गा प्रसाद रिजाल, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख अतिथी पोतिलाल चौधरी, अतिथी सुदूरपश्चिम इटा व्यवसायी संघका अध्यक्ष बलदेव बुडाल, नेपाल विद्युत प्राधिकरण बेलौरी शाखा प्रमुख टंकराज गिरि, राष्ट्रिय बाणिज्य बैंकमा प्रमुख टिकाराम बुढा, महालक्ष्मी विकाश बैंकका शाखा प्रमुख हेम बोहरा, शान्ति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्र प्रसाद पोखरेल, सशस्त्र प्रहरी प्रस्तावित गुल्मका प्रमुख भरतजंग कुवँर, बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द प्रसाद सापकोटा, विज्डम एकेडेमीका प्रबन्ध निर्देशक दिनेश कुवँर, सिद्धार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल रमा थापा लगायत खेलप्रेमि, विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मिडिया पार्ट्नर , मुख्यप्रयोजक ,प्रयोजकलाई सम्मान पत्र प्रदान गरिएको थियो।समापन कार्यक्रम नृत्य प्रस्तुति गरिएको थियो।कार्यक्रमको सञ्चालन उग्रतारा बाल बिधालयका प्रिन्सिपल केशव सिंह बिष्टले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट