माधब पौडेल,०६ माघ।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २मा रहेको अरनिको खेलकुद बिकास समितीद्वारा जिल्ला कै ठुलो धनराशीको अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० हुने आयोजना गर्ने भएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै माघ १५ गतेदेखि जिल्लाकै ठुलो राशीको अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० हुने आयोजकले जानकारी दिएको छ।प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख ६० हजार कप,मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रकम रु १ लाख ३० हजार कप,मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराउदै उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडीलाई रु५ हजार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ त म्याच घोषणा गरिने बताउदै प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ जम्मा गरि माघ १२ गते दिउँसो ४ बजेसम्म टिम दर्ता गर्न सकिने जानकारी दिदै खेलकुद प्रतियोगिता फिफा एन्फाको नियमानुसार नकआउट पद्धतिबाट खेलाइने,प्रतियोगितामा सहभागी खेलाडीले ड्रेसमा उपस्थिति हुनुपर्ने ,प्रत्येक टिम खेलाडी संख्या १६ हुने,खेल खेल्दा कुनै बिवाद आइपरेमा आयोजकको निर्णय अन्तिम हुने समेत आयोजकले जनाएको छ। कार्यक्रमको सभापति अरनिको खेलकुद बिकाश समितिका अध्यक्ष जित बहादुर तामाङ,प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश खेलकुद समितीका महासचिव काशीराम बोहरा लगायत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो।प्रतियोगिता पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको अरनिको युवा क्लबको खेल मैदान हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस