२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० बागेश्वरी मा बि मा हुने


  • २०८० पौष १९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६५६ पाठक संख्या
  • धनबहादुर बिक,१९ पौष ।कञ्चनपुरको पुनर्वास नगरपालिका ले आयोजना गर्न लागेको सातौ संस्करण को नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बागेश्वरी माध्यमिक बिधालयमा सञ्चालन हुने भएको छ ।

    बिहिवार श्री बागेश्वरी माद्यामिक बिद्यालय मा आयोजना गरिएको पत्रकार सम्मेलनमा सातौ संस्करण को नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बागिस्वरि माविमा सञ्चालन हुने जानकारी गराईएको थियो ।

    प्रतियोगिता पौष २० देखि २२ सम्म आयोजना गरिने उक्त रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास का सामुदायिक तथा निजि माध्यमिक तहका २५ बिद्यालय सहभागी हुने आयोजक पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीले जानकारी दिनुभयो । शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने समेत बताउनुभयो।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरूमा छात्र छात्रा भलिबल , कवडी , दौड (ट्रयाक) १०० , २०० ,. ४०० , ८०० , १५०० , ३००० मिटर तथा ४०१०० ,  ४०४०० मिटर छात्र , छात्रा रिले दौड प्रतियोगिता हुने जनाईएको छ ।त्यसैगरी उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ

    छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ ब्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड । छात्रा: हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड रहने छ भने , मार्सल आर्ट तर्फः कराँते छात्रः ४२ केजी, ४७ केजी, ५२ केजी, । ‘५७ केजी, तथा ‘६२ केजी, रहनेछ  ।

    प्रतियोगि खेलाडी लाई मेडल , प्रमाणपत्र प्रदान गरिने छ भने , प्रतियोगितामा सहभागी बिद्यालय लाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ । बिहिवार भएको पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्वमा पुनर्वास नगर स्तरिय खेलकुद विकास समिति अध्यक्ष बलबहादुर तामाङ रहनुभएको थियो।भने अतिथिमा पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी , पुनर्वास जनता माध्यमिक बिधालयका प्रधानाध्यापक मानबहादुर तामाङ , सरस्वती माध्यमिक बिधालयका प्रध्यानाध्यापक जितेन्द्र पौडेल , लगायत विभिन्न बिद्यालय का शिक्षकशिक्षिकाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक बिद्यालय बागेश्वरी माध्यमिक बिधालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट