२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

बिडिसिए कप: निङलाशैनी फाइनलमा, उपाधिका लागि एकेडेमी सङ्ग भिड्ने


  • २०८० पौष २, सोमबार मा प्रकाशित २ साल अघि
  • ९७३ पाठक संख्या
  • केशव थापा ,०२ पौष ।बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगितामा निङलाशैनी क्रिकेट क्लब फाइनलमा पुगेकाे छ।

    साबिक विजेता टाेली निङलाशैनी साेमबार सम्पन्न दाेस्राे सेमिफाइनलमा त्रिपुरा क्रिकेट क्लबलाई ६ विकेटले हराउदै फाइनल पुग्याे। जितका लागि पाएकाे २०६ रनकाे लक्ष्य निङलाशैनीले ३०.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा खडक बाेहराले अविजित १२६ रनकाे याेगदान गरे। म्यान अफ द म्याच भएका खडकले हिर्काएकाे शतकले कीर्तिमान समेत बनाएका छन्। खडक बिडिसिए इतिहासमै लगातार तेस्रो शतक बनाउने पहिलाे खेलाडी बनेका छन्। यसका साथै खडककाे नाममा दाेहाेराे शतक बनाउने पहिलाे खेलाडीकाे कीर्तिमान पनि छ। त्रिपुराका जयसिंह धामी र उमेश सिंह बुडालले २/२ विकेट हात पारे।

    त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा  टस जितेर ब्याटिङ गरेकाे त्रिपुरा ३७.२ ओभरमा २०५ रनमा अलआउट भयाे। उसका कप्तान महेन्द्र मार्कण्डले ३६, ललित माैनीले ३५ र रमेश थापाले ३४ रन जोडन सफल भए।निङलाशैनीका लागि सन्ताेष बिजलेले ३ तथा कप्तान रिसिकेश बाेहराले २ विकेट हात पारे।निङलाशैनीले अब पुस ४ गते उपाधिका लागि दशरथचन्द एकेडेमीसंग भिड्नेछ।

    बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा गत मंसिर १६ गतेदेखि शुरू भएकाे प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ।प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयाे ।

    प्रधानमन्त्री कप एकदिवसीय  छनाैटका रूपमा समेत लिइएको प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट