लालझाडी ,१६ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँ खेलकुद समितीको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा जिल्ला कै सर्वाधिक राशीको दोस्रो लालझाडी खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेलमा राना युथ क्लब राजपुरले लालझाडी खेलकुद खेलकुद समिति लाई १ गोलको विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
कार्यक्रमको सभापति गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना,प्रमुख अतिथि लालझाडी गाउँपालिकाकोअध्यक्ष निर्मल राना,बिशिस्ट अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा,लालझाडी गाउँ पालिकाको उपाध्यक्ष सपना चौधरी राना,कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना लगायत गाउँ कार्यपालिका सदस्य हरुको उपस्थिति रहेको थियो ।
शनिबार सम्पन्न खेलमा विजेता राना युथ क्लब राजपुरले २ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता लालझाडी गाउँ खेलकुद समितीले१ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको लालझाडी खेलकुद खेल समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो । मङ्सिर ३ गतेबाट सञ्चालन भएको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २४ वटा टिमले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस