लालझाडी ,१६ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँ खेलकुद समितीको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा जिल्ला कै सर्वाधिक राशीको दोस्रो फुटबल प्रतियोगिता २०८० को फाइनल खेल शनिबार १ बजेदेखि सुरु हुने लालझाडी खेलकुद खेल समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो।
प्रतियोगितामा विजेता र उप-विजेतालाई क्रमशः २ लाख ५५हजार ५ सय ५५ रुपैया र १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नेछौ । फाइनल खेलमा राना युथ क्लब-राजपुर र लालझाडी खेलकुद खेल समिती -निलो आयोजक टिम बिच कडा प्रतिस्पर्धा हुने समितीका अध्यक्ष प्रकाश रानाले बताउनुभयो। मङ्सिर ३ गतेबाट सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस