माधब पौडेल,कार्तिक २०। कञ्चनपुको बेलौरी नगरपालिका वडा नम्बर ५ खेलकुद बिकाश समितीको आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधिले २ को विरुद्ध ४ गोल प्रहार गर्दै रोयल एस एस वाइ सि बिचुवा ए टिमले उपाधी जितेको हो।
सोमबार सम्पन्न फाइनल खेल बेलौरी नगरपालिका वडा नम्बर १ र रोयल एस एस वाइ सि बिचुवा ए टिम बिच भएको खेल समावधिका बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा बाट रोयल एस एस वाइ सि ए बिचुवाले जित निकालेको छ भने बेलौरी नगरपालिका वडा नम्बर १ ले दित्तिय स्थान हासिल गरेको छ।
कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर ५ खेलकुद बिकाश समितीका अध्यक्ष श्याम राना प्रमुख अतिथि पुर्ब खानेपानीमन्त्री बिना मगर ,बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, अतिथिमा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य दिपा चौधरी, बेलौरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चौधरी ,बेलौरी नगरपालिकाका प्रबक्ता हर्क भुल बेलौरी खेलकुद बिकास समितीका अध्यक्ष रामेश्वर न्यौपाने ईलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि चन्द्र बहादुर कठायत लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्तिक ३ गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगितामा जम्मा ४३ टिमको सहभागीता थियो।कार्यक्रममा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु पचास हजार ट्रफी मेडल प्रमाणपत्र र दित्तिय स्थान हासिल गर्न टिम लाई तिस हजार ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको थियो।कार्यक्रम मुख्य प्रयोजक ,सहप्रयोजक ,मिडिया पार्टनर,खेलका निर्णायकहरु सम्मान र कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको मुख्य प्रयोजक बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालय सह प्रयोजक पुस्पलाल स्मृति सामुदायिक बन उपभोक्ता समिती सहयोगमा सञ्चालन भएको थियो।समापन कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिका वडा नम्बर ५ खेलकुद बिकास समितिका सचीव चङ्गल चौधरीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस