२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

कर्मचारीहरुको मैत्रीपूर्ण फुटबल खेलकुद प्रतियोगितामा बेलौरी नगरपालिका बिजयी


  • २०७९ चैत्र १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ९७८ पाठक संख्या
  • माधब पौडेल ,१० चैत्र , कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिकाका कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल शुक्रबार पुनर्वास नगरपालिका वडा नम्बर ३ श्री गोरखा आधारभूत बिधालय खेल मैदान सम्पन्न भएको हो।

    पुनर्वास नगरपालिका र बेलौरी नगरपालिका मा कार्यरत कर्मचारी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेल मात्र नभई दुईवटै नगरका कर्मचारीको सम्बन्ध प्रगाढ हुने उदेश्य का साथ कार्यक्रमको आयोजना गरिएको बेलाैरी नगरपालिका शिक्षा शाखाका कम्प्युटर अपरेटर एवं खेलका टिम क्याप्टेन अशोक पाण्डेले जानकारी दिनुभयो । खेलको निर्धारित समयमा दुबै पक्ष बाट बराबरी भएपछी खेल पेनाल्टी सुट आउटमा जादा  बेलौरी नगरपालिका द्वारा पुनर्वास नगरपालिका २ को विरुद्ध ३ गोलले पराजित भएको हो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट