धनबहादुर बिक ,पुनर्वास १० पौष ,बाच्न पाउने अधिकार को आधार खाद्य अधिकार मुल नारा सहित खाद्य अधिकार प्रभावित समूहसदस्यहरूका विच सिकाई आदानप्रदान तथा अवलोकन भ्रमण कार्यक्रम आज पुनर्वास मा सम्पन्न भएको छ ।
खाद्य अधिकार सवालमा क्रियाशील गैरसरकारी संस्था फियान नेपाल को आयोजनामा भएको एकदिने अवलोकन भ्रमण कार्यक्रम कञ्चनपुर को पुनर्वास नगरपालिका ११ डोकेबजारबाट सुरु भई पुनर्वास वडा नम्बर ९ सिताबस्ति मा गई समापन गरिएको थियो ।
फियान नेपाल का कार्यकारी निर्देशक असोक सिंह को नेतृत्वमा आएको भ्रमण टोली सिमा बिबादमा भारतिय गोली को सिकार भएका सहिद गोविन्द गौतम को सालिक र सहिद गोविन्द गौतम लाई गोलि हानिएको स्थान १९९ सिमा स्तम्भ मा पुगि अवलोकन गरेको थियोे ।
टोलीले पुनर्वास नगरपालिका ९ मा रहेको ऐतिहासिक प्यारातालको अवलोकन गर्दै , दुधवा निकुञ्ज बन्यजन्तु बाट वचन फियानको सहयोगमा जडान गरिएको बिधुत्तिय तार को समेत अवलोकन गरेको थियोे ।
स्मरण रहोस फियानको सहयोगमा बिधुत्तिय तार जडान गरिए एता जंगली हातिको आक्रमण मा न्युनिकरण भएको स्थानीयले बताएका छन ।
भ्रमण टोलीले पुनर्वास नगरपालिका ९ को वडा कार्यालय मा खाद्य अधिकार सवालमा केन्द्रित भई अौपचारिक कार्यक्रम को आयोजना समेत गरेको थियोे ।
दुधवा निकुञ्ज बन्यजन्तु संघर्ष समिति को आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय वीर बहादुर थापा कार्यक्रम का प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेसभा सदस्य थापाले फियान नेपाल ले सिमा क्षेत्र का बन्यजन्तु पिडित परिवार का बिषयमा गरिएको अधिकारमुखी कार्यक्रम आफैमा राम्रो पक्ष रहेको र यसबाट आफुले पनि धेरै कुरा सिक्न पाएको बताए ।
फियान नेपाल ले भारतीय दुधवा जंगल संग जोडिएको पुनर्वास नगरपालिका वडा नम्बर ९ का सिमावासी को ज्युधन को सुरक्षा तथा क्षतिपूर्ति का निमित्त गरेको कार्यक्रम प्रति खुसी व्यक्त गर्दै थापाले फियान नेपाल संस्थालाई धन्यवाद समेत दिएका थिए ।
सिमाका बन्यजन्तु पिडित स्थानीय को सुरक्षा का लागि प्रदेश सरकार र फियान नेपाल संग समन्वय गरि आफू लाग्ने थापाले प्रतिबद्धता गरे ।
मेरो पहिलो काम जनताको जिउधनको रक्षा गर्ने हुनेछ , यस का लागि तिनवटै सरकार संग समन्वय गर्नेछु थापाले भने ।
सो अवसरका फियान नेपाल का कार्यकारी निर्देशक असोक सिंहले फियान नेपाल को उदेश्य माथि प्रकाश पार्दै देशका विभिन्न सिमाक्षेत्रमा बसोबास गर्ने तथा जंगली बन्यजन्तु को जोखिममा रहेका पिडितका पक्षमा उद्दार र पुनर्स्थापना का लागि काम गर्ने गैरसरकारी संस्था रहेको सिंहले जानकारी दिनुभयो ।
त्यो संगै खाद्य अधिकार तथा खाद सम्प्रभुता का सवालमा समेत फियान नेपाल ले काम गर्दै आएको बिषय सिंहले जानकारी दिए ।
फियानले उठान गरेको सवाल का कारण हाति आक्रमण को सिकार हुने पिडित परिवारलाई क्षतिपूर्ति स्वरूप जनहि १० लाख रकम उपलब्ध गराउन सफल भएको जानकारी दिए। यस अघि हाति आक्रमण पिडितले सुरुमा २०/२५ हजार , ५० हजार हुँदै अहिले १० लाख क्षतिपूर्ति रकम उपलब्ध गराउन सकिएको निर्देशक सिंहले बताए ।
कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नरबहादुर बिकले सिमा क्षेत्रमा बसोबास गर्ने जनताहरू अत्यन्तै दुखत जीवन जियन बाध्य भएको अवगत गराउदै बन्यजन्तु का कारण सिमामा बस्ने किसानले लगायको आधा भन्दा बढी अन्नबाली नोक्सान हुने समस्या रहेको बताए , तिनवटै तहका सरकारले सिमा क्षेत्र का जनताको जिउधन को सुरक्षा को जिम्मेवारी लिनुपर्ने अध्यक्ष बिकले बताए ।
सिकाई तथा अवलोकन भ्रमण कार्यक्रममा धनुषा , मकवानपुर , दाङ , सुर्खेत दैलेख , बांके बर्दिया , कैलाली , कञ्चनपुर , बझाङ गरि १२ वटा जिल्ला का ३५ जना खाद्य संजाल संग आबद्ध राष्ट्रिय मानवअधिकारकर्मि को सहभागीता रहेको थियो ।
दुधवा निकुञ्ज बन्यजन्तु संघर्ष समिति कञ्चनपुर का अध्यक्ष केशब तिमिल्सिना को सभापतित्वमा भएको कार्यक्रम को सञ्चालन फियान नेपाल का श्याम परियारले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस