बेलौरी ,पौष ५ , कञ्चनपुर को बेलाैरीका स्थानीय आन्दोलित भएका छन् । उनीहरुले निर्माण कम्पनी विरुद्ध मंगलबार हुलाकी सडकको बेलौरीको रिछाह चोक नजिक विरोध प्रर्दशन गरेका हुन् ०७३ साल फागुनमा निर्माण कम्पनी द्वारा बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजना विच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन् ।
बेलाैरीका स्थानीयले ठेकेदार विरुद्ध पर्चा पम्प्लेट टाँसेर आन्दोलन शुरु गरेको बेलाैरी नगरपालिका ६ का वडा सदस्य नारायण प्रसाद जैशीले सम्झौता भएको ६/७ बर्ष वितिसक्दा पनि हुलाकी सडक अलपत्र छाडेको भन्दै जनता विरोधमा उत्रिएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस