२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीमा पेनाल्टी सुट–आउट प्रतियोगिता सुरु; रातभर जारी रहने


  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित २ साल अघि
  • २३५ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, ०६ कात्तिक । कञ्चनपुरको बेलौरीमा एक दिवसीय प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा आइतबार साँझदेखि सुरु गरिएको प्रतियोगिता रातभर जारी रहने बताइएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले पेनाल्टी सुट गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन लगत्तै सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख चौधरीले बेलौरीको इतिहासमै पहिलो पटक रात्रिकालीन पेनाल्टी सुट आउट भइरहेको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    प्रतियोगितामा सहभागिताका लागि आयोजकका ३ र अन्य १९ गरी जम्मा २२ टिम दर्ता भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार र द्वितीय हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्ने बेलौरी नगरपालिका वडा नम्बर ४ स्तरीय खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेलको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफल पार्न सबैमा सहयोग तथा उपस्थितिको लागि आयोजकले सार्वजनिक आह्वान समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट